हरिवन–सर्लाहीको हरिवन स्थित नयाँरोडमा रहेको एक विद्यालयका विद्यार्थीहरुले बृद्धश्रमका बृद्धबृद्धालाई सहयोग प्रदान गरेका छन ।
मंगलवार बिहान हरिवन नगरपालिका–१० नयारोडमा रहेको एम्बिशन एकेडेमीमा अध्ययनरत विद्यार्थी तथा जुनियर रेडक्रस सर्कलका बिद्यार्थीहरुको समुहले लालबन्दी–१ जुटपानीमा रहेको पद्मभुवनेश्वरी नमुना बृद्धाश्रममा पुगेर फलफुल, चिनी, चियापत्ती, बिस्कुट लगायतका सामाग्री प्रदान गरेका हुन । उनिहरुले आश्रमको अबलोकन समेत गरेका थिए ।
बिद्यालयका कक्षा ६, ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरुलाई सामाजिक विषय तथा बृद्ध बृद्धाहरुलाई हेरचाह, स्याहारसुसार, कसरी गर्ने भन्ने विषयमा जानकारी रहोस भन्ने उध्यश्यले उक्त कार्यक्रमको आयोजना गरिएको प्रधानाध्यापक सुरेश बहादुर पाख्रिनले जानकारी दिनुभयो ।
यसरी कार्यक्रम गर्दै बृद्धाश्रमको जानकारी लिन अवलोकन गर्दै सहयोग प्रदान गरेकोमा आश्रमकी व्यवस्थापक भवानी कोइरालाले विद्यालय परिवारलाई धन्यबाद व्यक्त गर्नु भएको थियो । कार्यक्रममा नेपाल रेडक्रस उपशाखाका अध्यक्ष भरत कार्की विद्यालयका शिक्षक शिक्षिका लगायतको उपस्थिति रहेको थियो ।