सर्लाही–कार्तिक ६, सर्लाहीको ईश्वरपुर स्थित सागरनाथ चौकमा एक पुरुषको ब्यवारिसे सव फेलापरेको छ ।
गयसाझ पुर्व पश्चिम लोकमार्ग नजिकै ईश्वरपुर नगरपालिका–५ स्थित सागरनाथ चौकमा नामथर, वतन नखुलेको अन्दाजी ४०÷४५ बर्षको जस्तो देखिने पुरुषको ब्यवारिसे सव फेला परेको हो । स्थानीयका अनुसार उक्त पुरुष केही समय पहिला देखी उक्त स्थानमा मागेर गुजारा गर्दै आएको बताईएको छ ।
भारतीय मुलको जस्तो देखिने मानसिक सन्तुलन समेत गुमाएको अधबैसे पुरुषको मृत्युको कारण खुल्न नसकेको ईलाका प्रहरी कार्यलय ईश्वरपुरले जनाएको छ । मृतक पुरुषको सव पोष्टमार्टमका लागी जिल्ला अस्पताल मलंगवामा राखेर सनाखत गर्ने प्रयास भैरहेको जिल्ला प्रहरी कार्यलय मलंगवाका प्रहरी प्रवक्ता तथा डिएस्पी प्रतित सिह राठौरले जानकारी दिए ।