सर्लाही–कार्तिक ६, भारतीय सिमावर्ती गाउँ ब्रम्हपुरीबाट नेपाल भित्राउदै गरेको अवस्थामा प्रहरीले ठुलो परिमाणमा लागु औषध बरामद गरेको छ ।
नियमित चेक जाचँको क्रममा प्रहरी चौकी त्रिभुवन नगरको प्रहरी टोलीले ब्रम्हपुरी गाउँपालिका–३ झिमपुल नजिकैबाट अबैध लागु औषध सहित सर्लाहीको चन्द्रनगर गाउँपालिका–५ बस्ने बिश्वनाथ रामको १९ बर्षका छोरासुनिल कुमार राम र चक्रघट्टा गाउँपालिक–२ बस्ने संजिव रायको २० बर्षका छोरा सचिन कुमार यादवलाई प्रहरीले पक्राउ गरेको जनाएको हो ।
साईकलमा भारतको सोनवर्षाबाट सर्लाही सदरमुकाम मलंगवा तर्फ आउदै गरेका उनिहरुको साथबाट प्रहरीले नाईट्राभेट ट्याब्लेट ४७ पत्ता प्रति पत्ता ३० ट्याब्लेटको दरले (१४१० पिस), स्पास्मो प्रोक्सिभान ट्याब्लेट १ पत्ता (८ पिस), डाईलेक्स सिडि सय एमएल ३ बोतल, कोसोमे एलसिडि सय एमएल ३ बोतल र एनसेलको दुई थान सिमकार्ड समेत बरामद् भएको जनाएको हो ।
लागुऔषध सहित पक्राउ परेका उनिहरु दुवै जनालाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरिलागु औषध मुद्धामा अनुसन्धान भैरहेको जिल्ला प्रहरीका डिएसपी तथा प्रवक्ता प्रतित सिह राठौरले जानकारी दिए ।
अबैध लागुऔषध सहित २ जना पक्राउ
