सर्लाही चैत्र २१- बिहिवार बिहान सदरमुकाम मलंगवामा भएको आग्लागीबाट लाखौ मुल्य बराबरको क्षती भएको छ ।
सर्लाही सदरमुकाम मलंगवा नगरपालिका–१० स्गित जिल्ला विकास चौक नजिकै बस्ने शंकर गुप्ताले बाख्रालाई भुसुना धपाउन बालेको घुरबाट सल्किएको आगोले स्थानीय ६ जनाको पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । राती अचानक घरमा सल्किएको आगोले मलंगवा नगरपालिका–१० बस्ने राज नारायण ठाकुरको काठको फर्निचर पसल, सोही स्थानका प्रमोद शाहको काठको फर्निचर पसल, राज किशुन पण्डितको काठको किराना पसल, हुसोनी मुकेरकिो सिरक डसना पसल, पिण्टु यादवको आर्टिस पसल र शम्भु ठाकुर हजामको काठको शैलुन जलेर नष्ट भएको हो ।
आगलागीबाट ६ वटा पसल तथा पसलको विभिन्न सामान गरेर करिब ५९ लाख ५० हजार बराबरको क्षेती भएको प्रहरीले जनाएको छ । मानविय क्षेती भने नभएको जिल्ला प्रहरी कार्यलयका एसपी गोपाल चन्द्र भट्टराईले जानकारी दिनुभयो । आगलागी हरीवन नगरपालिकाको बारुणयन्त्रको सहयोमा स्थानीय बासी र प्रहरीले बिहिवार बिहान ४ बजे नियन्त्रणमा लिएको थियो ।
सदरमुकाम मलंगवामा नगरपालिकाको बारुणयन्त्र बिग्रीएर थन्किएको हरिवन नगरपालिकाको बारुणयन्त्रले झण्डै ३० किलोमिटर बाटो छिचोलेर घटना स्थल पुग्दा ढिला भएर क्षती धेरै भएको भन्दै स्थानीय आक्रोशित बनेका थिए ।