सर्लाही-कर्मैया हथिऔल क्षेत्रीय सडक खण्ड अन्तरगत बागमतीमा पानिमा डुबेको अवस्थामा युवकको शव फेलापरेको छ ।
सर्लाहीको बागमती नगरपालिका–४ स्थित क्षेत्रीय बाटो नजिकै पानिमा डुबेको अवस्थामा बागमती नगरपालिका–१ मिलनचोक बस्ने अर्जुन परियारको १८ बर्षका छोरा मनिष परियारको शव फेलापरेको प्रहरीले जनाएको हो । गएराती देखीनै परिवारको सम्पर्कका नआएका परियारको शव शुक्रवार दिउसो अबेर फेला परेको हो ।
परियारले चलाएको ना ४७ प ३९४८ नम्बरको मोटरसाईकल समेत घटना स्थिलबाट झण्डै डेढ किलोमिटर टाढा फेलापरेको ईलाका प्रहरी कार्यलय कर्मैयाले जनाएको हो । परियारको मोटरसाईकल लैजाने स्थानीयले मोटरसाईकल लडेको स्थान देखाएको आधारमा खोजी गर्दा क्षेत्रीय बाटो खन्ने क्रममा खनेको खाल्डोमा जमेको पानिमा परियारको शव फेलापरेको हो ।
परियारको गएरातीनै ढुबेर ज्यान गएको हुन सक्ने प्रहरीको अनुमान छ । शव पोष्टमार्टमकोलागी जिल्ला अस्पताल मलंगवा लैजाने तयारी भैरहेको ईलाका प्रहरी कार्यलय हरिवनले जनाएको छ ।
डुबेको अवस्थामा युवकको शव फेला
