पुर्वपश्चिम लोकमार्ग अन्तरगत सर्लाहीको लालबन्दी मोटरसाइकल ठेलासँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
लालबन्दी नगरपालिका–६ स्थित राधाकृष्ण फूटबल चौर अगाडि मोटरसाईकल दुर्घटनामा परि सर्लाहीको घुर्कौली घर भएका ५२ वर्षका कुशहरी मैनालीको मृत्यु भएको ईलाका प्रहरी कार्यलय लालबन्दीले जनाएको छ । मैनाली सवार ना २४ प ५७६९ नम्बरको मोटरसाइकल ठेलासँग ठोकीएर दुर्घटना भएको हो । घटनाहुने बित्तिकै गढीमाइ अस्पताल पुर्याएको भएपनि मैनालीको ज्यान गएको प्रहरीले जनाएको हो ।
सर्लाहीमा मोटरसाइकल दुर्घटना चालकको मृत्यु
