सरिता सापकोटा सर्लाही पुस १३-सागरनाथ बन विकास परियोजनाले बनको जग्गा अतिक्रमण गरी निर्माण गरेको घर भत्काउन सुरुगरेको छ ।
जिल्लाको बागमती नगरपालिका, बरहथवा नगरपालिका, हरिवन नगरपालिका लगाएतका स्थानमा गरी झण्डै २६ सय हेक्टर परियोजनाको बन अतिक्रमणमा परेको थियो । परियोजनाले विभिन्न समयमा गरी १२ सय हेक्टर बन क्षेत्रको अतिक्रमण हटाई सकेको छ, भने अझै १२ सय हेक्टर जग्गाको अतिक्रमण हटाउन बाकीँ रहेको परियोजनाले जनाएको छ ।
प्रहरी प्रशासन समेतको उपस्थितीमा गएको टोलीले शुक्रवार बागमती नगरपालिका–२ धरहरा स्थित परियोजना पछाडीको जग्गा अक्रिमण गरेर बनाईएको ७ वटा छाप्रो भत्काएको हो । परियोजनाको जग्गामा अतिक्रमण गरेर घर टहरा निर्माण हुदै गरेको खबर पाएपछि आएको टोलीले छाप्रो भत्काएको परियोजना प्रमुख देवेतमणी त्रिपाठीले जानकारी दिनुभयो । कथित सुकुम्बासीको नाममा रातको समयमा छाप्रो निर्माण गर्ने गरेको उहाँको कथन छ ।
अब क्रमश अतिक्रमित सम्पुर्ण बन क्षेत्र खाली गराएर अउदो अषाढमा बृक्षारोपणको तयारी गरिने समेत प्रमुख त्रिपाठीको भनाई छ । सुकुम्बासीको नाममा कथित सुकुम्बासीले बनक्षेत्र अतिक्रमणमा पारेको उँहाले बताउनु भयो । आगामी अषाढ सम्ममा स्थानीय तहका जनप्रतिनिधि सगँ समन्वयन गरेर सम्पुर्ण बनक्षेत्र खाली गर्ने तयारीमा परियोजना रहेको छ ।
सागरनाथ बन विकास परियोजनाको अतिक्रमित १२ सय हेक्टर बनक्षेत्र बागमती नगरपालिकामा पर्दछ ।