सरीता सापकोटा सर्लाही पुस २ सर्लाहीको ईश्वरपुरमा जंगली हात्तिले ४ वटा घरमा क्षती पुर्याएको छ ।
गएराती गाउँ पसेको जंगलिहात्तिको बथानले ईश्वरपुर नगरपालिका–१३ बस्ने राजु आले, फेकन साह, सागर आलेर बिश्वार यादवको घरमा क्षती पुर्याएको हो । हात्तिको बथानले उनिहरुको घरको भित्ता भत्काउनुका साथै घरमा भएको अन्नपात समेत खाएको पिडित सागर आलेले बताए ।
हात्तिले उनिहरुको घरको भित्ता तथा अन्नपात गरी झण्डै ८० हजार बराबरको क्षती गरेको प्हरीले जनाएको छ । मध्य रातको समयमा हात्ति गाउँ पसेको चालपाएका उनिहरुले भागेर ज्यान जोगाएका स्थानीयको भनाई छ । हात्तिले आक्रमण गर्ने त्रासमा रहेका उनिहरु दैनिक रातमा आगो बाल्ने तथा भाडा ठटाउने गदै रातभर जाग्राम बस्न बाध्य छन् ।
सर्लाहीको लालबन्दी तथा ईशवरपुर क्षेत्रमा बसेर गाउमा आतंक मचाउदै आएको हात्तिलाई फर्काउने संबन्धित निकायले प्रयास नगरेको स्थानीयको आरोप छ ।