सरिता सापकोटा पुस १, तिब्र गतिमा रहेको मोटरसाईकल अनियन्त्रीत भै पल्टीदा मोटरसाईकल चालक गंभिर घाईते भएका छन् ।
सर्लाहीको ईश्वरपुर–१२ पुर्ब पश्चिम लोकमार्ग स्थित बांकेजगंलमा ना ६१ प १४३१ नम्बरको मोटरसाईकल अनियन्त्रित भई पल्टदा मोटरसाईकल चालक लालबन्दी नगरपालिका–१७ बस्ने २३ बर्षको बिशाल कटुवाल गंभिर घाईते भएका छन् । घाईते कटुवालको टाउको, बाया पाखुरा, दाहिने खुट्टामा चोटलागेको छ, भने सोही मोटरसाइृकलको पछाडी सवार काठमाण्डौ महानगरपालिका–४ बस्ने २४ बर्षका आश कुमार कुटुवारको दाहिने हात, खुट्टा र टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।
उनिहरुको लालबन्दी स्थित टेक्सास अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि बि एण्ड बि अस्पताल काठमाण्डौ रिफर गरीएको अस्पतालले जनाएको छ ।