सरिता सापकोटा पुस १, ४ किलो ८ सय ग्राम लागुऔषध गाजा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सर्लाहीको लालबन्दी नगरपालिका–१३ स्थित लखन्ती खोलाबाट लागु औषध गाजाँ सहित प्रहरीले सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका बस्ने ३२ बर्षका जय बहादुर मोक्तान र उनको बहिनी २४ बर्षीया जमुना मोक्तानलाई पक्राउ गरेको हो ।
प्रहरीले शंकालागेर चेकजाँच गर्ने क्रममा जमुना मोक्तानले बोकेको ब्यागमा उक्त लागु औषध गाजा फेलापरेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनिहरुलाई थप अनुसन्धानको लागी नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यलय लालबन्दीले जनाएको छ ।