सर्लाही–श्रावण १८, पुर्व पश्चिम लोकमार्ग अन्तरगत सर्लाहीको बागमतीमा यात्रुबाहक बस दुर्घनामा २ जना घाईते भएका छन् ।
बस दुर्घटनामा परी ना ३ ख २६ २७ नम्बरको बसमा सवार सर्लाहीको बरहथवा नगरपालिका–१ बस्ने बर्ष ३५ की सुविना खातुन र ना ५ ख २८ ५१ नम्बरको बसमा सवार भारतको आशाम घर भएका ५६ बर्षिय सलिम अल्फेक घाईते भएका छन् ।
घाईते मध्य एकको अवस्था गंभिर रहेको ईलाका प्रहरी कार्यलय हरिवनले जनाएको छ । घाईते दुबैको हरिवन स्थित स्वाभिमान अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । तिब्र गतिमा रहेको दुई यात्रुवाहक बस आपसमा ठोकीएर दुर्घटना भएको थियो ।
घटनामा संलग्न दुबै बस तथा बसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यलय कर्मैयाले जनाएको छ ।