सर्लाही २२ बैशाख-शंकास्पद् गतिविधि गरेको आरोपमा नेत्र बिक्रम चन्द विप्लव माओवादीका कार्यकर्ता पक्राउ परेको छ ।
सनिवार बिहान सर्लाहीको बागमती नगरपालिका कार्यलय परिसरबाट एकजना विप्लव माओवादीको कार्यकर्ता पक्राउ परेको हो । पक्राउ पर्नेमा सर्लाहीको हरिपुर नगरपालिका ८ शखुवाका ३० बर्षिय बिजय लामा रहेको ईलाका प्रहरी कार्यलय हरिवनले जनाएको छ । लामाको साथबाट रातो खवर पत्र साप्ताहिकको पत्रकार परिचय पत्र समेत फेलापरेको छ ।
बिहान कालो रंगको ना १८ प ३३१५ नम्बरको पल्सर मोटरसाईकलमा आएका दुई जना मध्य एक जना पक्राउ परेको हो । भने एकजना फरार भएको छ । परार अभियुक्तको पनि खोजी भैरहेको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेका लामाको साथबाट विप्लव माओबादीले सनिवार आह्वान गरेको नेपाल बन्दको पर्चा पम्प्लेट समेत बरामद गरेको ईलाका प्रहरी कार्यलयका प्रहरी निरिक्षक रामकाजी थापाले बताए ।
विप्लव माओवादिले गत चैत्र २५ गते जन परिषदको नामबाट पत्र पठाएर बागमती नगरपालिकाका मेयर भरतकुमार थापालाई पदबाट राजिनामा दिन १५ दिने अल्टिमेटम दिएको थियो । मेयर थापाले चन्दा नदिएको भन्दै उनिहरुले नगरपालिका कार्यलयका बम बिस्फोट गर्ने प्रयास गरेको बताईएको छ ।
नेत्र बिक्रम चन्द विप्लव माओवादीले नेपाल बन्द् आह्वान गर्दै सर्लाहीका पनि पर्चा पम्प्लेट वितरण गरेको थियो । यातायात ब्यवसायी सघंको बन्द्का कारण विप्लव माओवादीको बन्द्को प्रभाव भने सर्लाही न्युन देखिएको थियो । जिल्लामा सनिवार बिहानै देखि नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले चोक चोकमा सुरक्षा ब्यवस्था कडा बनाएको थियो ।
शंकास्पद् गतिविधि गर्ने बिप्लव कार्यकर्ता पक्राउ
