रोजिना थापा-काठमाण्डौ, काग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा चयन पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई २५ मतान्तरले पराजित गर्दै पार्टी सभापति देउवा दलको नेतामा निर्वाचित भएका छन ।
सिहलाई देउवाले २५ मतले पराजित गरेका हुन । कांग्रेसका ६३ सांसदमध्ये देउवादे ४४ मत र सिहले १९ मत प्राप्त गरे । सहमतिका आधारमा संसदीय दलको नेता छान्ने प्रयास विफल भएपछि कांग्रेसले चुनावमार्फत आज दलको नेता चयन गरेको हो । नेता चयनका लागि बिहान १० देखि दिनको १ बजेसम्म मतदान भएको थियो ।