रोजिना थापा-काठमाडौं । प्रतिनिधिसभाका ३६ र राष्ट्रिय सभाका ६ गरी ४२ जना सांसदले नेपालीबाहेक विभिन्न दश मातृभाषामा शपथ लिने भएका छन्। संसद् सचिवालयले नेपालीबाहेकका भाषामा शपथ लिने सांसदलाई निवेदन दिन शुक्रबारसम्मको समय नेपाली भाषामा शपथ लिनेले भने निवेदन दिनु पर्ने व्यवस्था बमोजिम तोकिएको समयभित्र ४२ निवेदन परेका हुन ।
सचिवालयमा प्राप्त निवेदनअनुसार मैथली भाषामा सबैभन्दा बढी १७ सांसदले शपथ लिने भएका छन्। जसमध्ये १३ प्रतिनिधिसभा र चार राष्ट्रिय सभाका सदस्य छन्। त्यसबाहेक हिन्दीमा नौ, भोजपुरीमा पाँच, थारूमा तीन, मगरमा दुई, बज्जिकामा दुई तथा उर्दू, तामाङ, नेवारी र अवधि भाषामा एक–एक सदस्यले शपथ लिनेछन्। नौ सांसदले हिन्दी भाषामा शपथ लिने भएका छन्। जसमध्ये प्रतिनिधिसभाका आठ र राष्ट्रिय सभाका एक सांसदले हिन्दी भाषामा शपथ लिनेछन्।
हिन्दी भाषामा शपथ लिने प्रतिनिधिसभाका सांसदमा राजेन्द्र महतो, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, सरिता गिरी, प्रमोद शाह, चन्दा चौधरी, अमृता अग्रहरी र रानी मण्डल छन्। राष्ट्रिय सभाका सदस्य रमेश यादवले पनि हिन्दी भाषामा शपथ लिने भएका छन्। निवर्तमान सभामुखले मगर भाषामा शपथ लिँदै निवर्तमान सभामुख ओनसरी घर्तीले मगर भाषामा शपथ लिने भएकी छिन्। उनीसँगै श्रीमान् अर्थात् माओवादी नेता वर्षमान पुनले पनि मगर भाषामै शपथ लिने भएका छन्। उनीहरूले शुक्रबार संघीय संसद् सचिवालयमा पुगेर मगर भाषामा शपथ लिन नाम दर्ता गराएका हुन्। प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैका सांसदले आईतवार सपथ लिदै छन ।