सर्लाही-अज्ञात समुहको गोली लागेर सर्लाहीमा एक जना घाईते भएका छन् ।
सुक्रवार मध्य राति सर्लाहीको बरहथवा नगरपालिका ७ डियर टोलमा अज्ञात समुहले चलाए गोली लागेर हरिवन नगरपालिका–११, का महावीर तामाङ घाइते हुनुभएको छ ।
१९ वर्षीय तामाङलाई अज्ञात समुहले गोली हानेको इलाका प्रहरी कार्यलय बरहथवाका प्रहरी निरिक्षक ललन कुर्मिले जानकारी दिएका छन् । ना १ क ६६३५ नम्बरको ट्रिफरको सहचालक महावीरलाई, धामीकोमा झारफुक गरेर फर्कंदै गर्दा गोली लागेको हो ।
पिठ्यूमा गोली लागेर गंभिर घाईते भएका उनलाई उपचारका लागी बिरगजं लगिएको पारिवारिक श्रोतले जनाएको छ । कस्ले किन गोली प्रहार गर्यो भन्ने बारेमा अनुसन्धान भैरहेको प्रहरी जनाएको छ ।
अज्ञात समुहको गोली प्रहारबाट सर्लाहीमा एक जना घाइते
