प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले हिजो सर्लाहीका जनप्रतिनिधीसँग अन्तक्र्रिया गरेको छ । बागमती नगरपालिका स्थित सीता प्यालेस होटलमा ‘दीगो शान्तिका लागि उन्नत सम्वन्ध’ भन्ने मूल नाराका साथ जिल्लाको २० वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखसँग अन्तक्र्रिया गरिएको हो ।
कार्यक्रममा प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रले द्धन्द्धबाट मनै फाटेका दुई पक्षकै जित हुनेगरी मेलमिलाप गराउने केन्द्रका कार्यकारी निर्देशक चुप बहादुर थापाले बताउनु भयो । द्धन्द्धबाट कुनै पनि पक्षको टाउको मात्र नभई मनै फाटेको हुने भएको हुनाले मन जोड्नो गरि न्याय दिने परिपाटिको आवश्यकता रहेको थापाको भनाइ रहेको थियो ।
केन्द्रले जिल्लामा गरिरहेको कामको बारेमा जानकारी दिने र आगामी दिनमा स्थानीय तहसँगै समन्वय गरेर काम गर्ने उद्देश्यले प्रमुख तथा उपप्रमुखसँग अन्तक्र्रिया गरिएको केन्द्रकी राष्ट्रिय स्रोतव्यक्ति पार्वती विश्वकर्माले जानकारी दिनुभयो । जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख मेथुर चौधरीको अध्यक्षता एवं सर्लाही क्षेत्र नं. ३ प्रदेश सभा (क) का सांसद डिल्ली प्रसाद उपे्रतीको प्रमुख आतिथ्यतामा अन्तक्र्रिया गरिएको आयोजकले जनाएको छ ।
प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले जल, जमिन र जंगलमा विभिन्न पक्षबीच भैरहेको द्वन्द्व समाधान गर्दै आएको छ । यसक्रममा जिल्लामा ९ ठाउँको विवाद मिलाइसकिएको र ४ ठाउँमा द्वन्द्व रुपान्तरणको प्रक्रियामा रहेको राष्ट्रिय स्रोत व्यक्ति विश्वकर्माले बताउनुभयो ।