२८ सय ५४ औँ सोनाम ल्होसार पर्व बिहिवार सर्लाहीका तामाङ समुदायले धुमधामसँग मनाएका छन् ।
आफ्नो पहिचान, भेषभुषा र धँस्कृति झल्किने झाँकी प्रदर्शन र साँस्कृतिक कार्यक्रम गर्दै नयाँ वर्षको रुपमा उनीहरुले सोनाम ल्होसार मनाएका हुन् । तामाङ समुदायको बाहुल्यता रहेको सर्लाहीको बागमती, घुर्कौली, मूर्तिया, परवानीपुर, नवलपुर, सासापुर, अत्रौली लगायतका स्थानमा हर्षोउल्लासका साथ सोनाम ल्होसार मनाइएको हो ।
बागमती नगरपालिका स्थित दुर्गा चौकमा राष्ट्रिय स्तरका कलाकारहरुको सहभागितामा भव्य साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरु गायक अबिनास घिसिङ, सरस्वती तामाङ, सन्तोष लामा लगाएतले आफ्नो प्रस्तुती राखेको आयोजकले जनाएको छ ।
यस्तै सर्लाहीको विभिन्न स्थानमा रहेका बौद्ध गुम्बाहरुमा पनि बिहिवार विविद्य कार्यक्रम गरि सोनाम ल्होसार पर्व मनाएका छन् । माघ ४ की, फागुन ४ मा सोनाम ल्होसार मनाउने विवाद भैरहँदा सरकारले फागुण ४ गते बिहिवारलाई आधार मानेर सार्वजनिक विदा दिएको थियो ।
मञ्जुश्री पात्रोअनुसार आजदेखि चरा वर्ष पूरा गरी कुकुर वर्ष प्रवेश हुन्छ । हरेक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाउने गरिन्छ ।