बुधवार देखि सर्लाहीको बरहथवा नगरपालिका–९ मूर्तियामा सूरु भएको ऐतिहासिक मुक्तेश्वर मूर्तिया महोत्सवमा राष्ट्रिय कलाकारहरुको प्रस्तुती सूरु भएको छ ।
महोत्सवको दोस्रो दिन बिहिवार हास्यकलाकार जितु नेपाल (मुन्दे्र) गायक कमल खत्री, कर्णराज गिरी, गायिक सिम्पल खरेल लगायतले आ–आफ्नो प्रस्तुती प्रदर्शन गर्नुभयो । उहाँहरुको प्रस्तुति हेर्न जिल्लाको विभिन्न ठाउँबाट ठुलो संख्यामा दर्शकहरु महोत्सव आयोजना स्थल पुगेका थिए ।
९ गतेसम्म चल्ने महोत्सवमा अब क्रमैसँग राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति रहने महोत्सव मूल आयोजक समितिका संयोजक एवं बरहथवा नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष तुलसी लुँइटेलले जानकारी दिनुभयो । मूर्तियामा रहेको ऐतिहासिक तथा धार्मिक स्थल मुत्तेश्वरनाथ मन्दिरको संरक्षण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।
११ औँ शताब्दिमा बनेको सो मन्दिर १३ औँ शताब्दीमा भत्किएको किम्वदन्ती छ । मन्दिरको अहिले पुरातात्विक विभागले जिर्णोद्धारको काम गरिरहेको छ ।