सर्लाही-सदरमुकाम मलंगवामा फरवार्ड नेपालले सही हो अभियान को अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । महिला सशक्तिकरण तथा लैङ्गिक समानताको परियोजना अन्तरगत सस्थाले एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो ।
विकासकोलागी ग्रामीण कल्याण तथा कृषि सुधार समुहले कृषि क्षेत्रमा हुने लैङ्गिक विभेद, कृषिमा महिला करण, आर्थिक गतिविधिमा महिलाको पहुँच तथा नेतृत्यदायी भुमिकाकोलागी संरचनागत बाधाहरु, श्रम बजारमा हुने विभेद र समग्रमा महिला मैत्री वातावरण सृजनाको लागी कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।
यूएन वुमनको आर्थिक सहयोग तथा ईकोइल एक्सिस इन्टरनेस्नलको प्राविधिक सहयोगमा संचालन गरिएको कार्यक्रममा जिल्लाका विभिन्न महिला समुहका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रमा फरवार्ड नेपालका फिल्ड संयोजक प्रमेश वादे श्रेष्ठले सही हो ! अभियाको बारेको प्रशिक्षण दिनु भएको हो ।
सस्थाले यस महिला सशक्तिकरणको लागी जिल्लामा अन्तरकृया कचहरी नाटक तथा विभिन्न प्रचार प्रसारको कार्यक्रम आयोजना गरिने जनाएको छ । कार्यक्रम डिसेम्बर २०१८ सम्म चल्ने आयोजक सस्थाको भनाई छ ।
साथै सस्थाले जनप्रतिनिधि वा नितिनिर्माताहरु र स्थानीय तहका महिलाहरुको प्रत्यक्ष संवादका लागी यस क्षेत्रमा कृषिगत क्षेत्रको अनुभव बोकेका हजरियाकी गिता खड्का, बरहथवाकी मित्राजी चौधरी र बबरगंजकी संगिता देवी चौधरीलाई चयन गरेको छ ।