सर्लाही प्रबासी सेवा समाज दोहा कतारले सर्लाहीका बाढि पिडितलाई राहत वितरण गरेको छ ।
गत श्रावण २८,२९ र ३० गते परेको अबिरल बर्षाका कारण आएको बाढि पसेर तथा ढुवानमा परे बिचल्लिमा परेका परिवार लाई आज सर्लाही प्रबासी सेवा समाज दोहा कतारले संकलन गरेर पठायको रकमले खरिद गरिएको भाडा बर्तन बितरण गरिएको हो ।
कामको सिलसिलामा दोहा कतारमा रहेका नेपालीहरुको समुह सर्लाही प्रबासी सेवा समाज दोहा कतारबाट प्रप्त नगद ६० हजार बराबरको बाल्टिन, कराई, थाल, पनिउ लगाएतको भाडा बर्तन विभिन्न स्थानको गरी ६० परिवारलाई वितरण गरिएको सर्लाही प्रवासी सेवा समाजका संस्थापक दामोदर बस्नेतले जनाउनु भएको छ ।
समाजले सर्लाहीको बागमती नगरपालिका १२ स्थित सुकुम्बासी बस्ती, हरिवन नगरपालिका १० स्थित ताईवान टोल, लालबन्दिको रन्जितपुर, डुमडुमे मन्दिर नजिकैको डुम बस्ती लगाएतको स्थानमा राहत वितरण गरेको सस्थाका अर्का सस्थापक बाबुलाल महतोको भनाई छ ।
राहत ईलाका प्रशासन कार्यलय हरिवनका कार्यलय प्रमुख कुमार थापाको नेत्रित्वमा तथा लालबन्दि नगरपालिका, सर्लाही टक ब्यबसाई सघं, नेपाल प्रहरी, सशस्त्र प्रहरीको सहयोगमा राहत बितरण गरिएको सर्लाही प्रबासी सेवा समाज दोहा कतारका कार्य समिति सदस्य देब रखाल मगरले जानकारी दिनु भएको छ ।
बाढि पिडितलाई सर्लाही प्रबासी नेपालीको सहयोग
