अषाढ २८ सर्लाही हतियार र लागू औषधसहित सर्लाहीको नवलपुरबाट दुई जनालाई पक्राउ गरेको छ ।
बा १६ च ३२४९ नम्बरको कारमा सदरमुकाम मलंगवाबाट नवलपुरतर्फ आउँदै गरेका उनीहरुलाई प्रहरीले जुटपानीबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा हरिवन नगरपालिका–११ का ३५ वर्षका महम्मद रिजवान र हरिवन नगरपालिका– ३ का ३७ वर्षका कर्णबहादुर ब्लोन रहेका छन् ।
उनीहरुको साथबाट गोली लोड गरिएको मेड इन यूएसए लेखिएको एउटा पेस्तोल, एक वटा म्याग्जिन, १६ पिस लागू औषध नाइट्रोभेट ट्याब्लेट, ५९ हजार नेपाली रुपैँया, एक हजार भारतीय रुपैँया बरामद भएको सर्लाही प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवैलाई लागूऔषध तथा हातहतियार खरखजाना मुद्दामा कारवाही प्रक्रिया अघि बढाईएको सर्लाहीका प्रहरी प्रवक्ता एवम् डिएसपी सीताराम रिजालले जानकारी दिनुभयो ।