सर्लाहीमा दोस्रो चरणको स्थानिय निकायको चुनावको लागी उमेद्धवार छनोटमा पार्टीका नेताहरुलाई सकस परेको छ । १० नगरपालिका र ७ गाउँपालिका गरी १७ स्थनिय निकाय कायम रहेको सर्लाही जिल्लामा पहिलो चरणको चुनाब मिति घोषण सगँै सुरु भएको उमेद्धवार छनोट कार्य हाल सम्म पनि कुनै पार्टीले सम्पन्न गर्न सकेका छैन्न ।
सर्लाही जिल्लामा नेकपा एमालेले ४ नगरपालिका बाहेक १३ वटा स्थानिय निकायमा उमेद्धवार टुंगो लगाएकोे छ । बाकी ४ नगरपालिकामा पनि सर्वसम्मत प्रकृया बाट उमेद्धवार टुंगो लगाउने तयारी भै रहेको नेकपा एमाले जिल्ला अध्यक्ष रेवती पन्तले जानकारी दिनुभयो ।
यस्तै सर्लाहीमा नेकपा माओबादी केन्द्र पनि उमेद्धवार छनोट कार्यमा निकै पछाडी परेको छ । हाल सम्म माओबादी केन्द्रले २ वटा नगरपालिकामा मात्र उमेद्धवार टुंगो लगाएको हो । माओबादी केन्द्रमा एक स्थानिय निकायमा १४ जना सम्म उमेद्धवार आकंक्षी देखिए पछि माओबादी केन्द्रलाई पनि उमेद्धवार छनोट गर्न ठुलौ समस्या परेको छ ।
यता नेपाली कंग्रेसमा उमेद्धवार छनोट कार्य ठप्प बनेको कंग्रेस जिल्ला अध्यक्ष नागेन्द्र रायले जानकारी दिनुभयो । आकंक्षी उमेद्धवारको सख्या अत्यधिक भएपछि कंग्रेसमा उमेद्धवारको छनोट रोकिएको हो । उमेद्धवार छनोटमा चरम बिवाद देखिय पछि कंग्रेसमा उमेद्धवार छनोट प्रकृया नै अन्योलमा परेको छ ।
उमेद्धवारका आकंक्षी बढ्दैजादा उमेद्धवार छनोटमा देखियको अन्योलले, यतिखेर दलका नेताहरुलाई उमेद्धवार छनोट गर्न अप्ठेरो मात्र परेको छैन, यसले चुनावी रणनितीमै पार्टीलाई असरगर्ने कुराले नेत्रृत्व चिन्तामा परेको छ । एध्यपी अन्तीम पटक सरकारले दोस्रो चरणको निर्वाचन मिति आउँदो असार १४ गतेलाई तोके सँगै जिल्लामा चुवाबी चहलपहल भने बढ्दै गएको छ ।
सर्लाहीमा उमेद्धवार छनोटमा एमाले अगाडी, कंग्रेसलाई सकस
