जेष्ठ ७-हरिवनमा पुर्व पश्चिम लोकमार्ग सरसफाई गर्नेकाम तिब्र गतिमा अगाडी बडेको छ ।
सर्लाहीको हरिवन नगरपालिका क्षेत्रमा पर्ने ८ किलो मिटर पुर्व पश्चिम लोकमार्गलाई सरसफाई गरेर सडक चौडा पार्ने काम तिब्र गतिमा अगाडी बडेको हो । सडक अतिक्रमण गरेर बनाइएको घर, टहरा तथा पसल हटाउने काम भै रहेको हरिवन नगरपालिकाको कार्यलयले जनाएको छ ।
सडक अतिक्रमण गरी बनाइएका भौतिक संरचनाको कारण सडक दुर्घटना समेत बडदै गएको जिल्ला ट्राफिक कार्यलय सर्लाहीले बताएको छ । १७ दिन पहिले १५ दिने सुचना तथा तिन दिने अल्टीमेटम पंश्चात पनि स्थानियले आफ्नो भौतिक संरचना नहटाए पछि नेपाल प्रहरी, ससस्त्र प्रहरी र म्यादी प्रहरी समेतको सहयोगमा हरिवन नगरपालिका कार्यलयले स्काभेटर प्रयोग गरेर सडक खालीगर्ने तथा सरसफाई कार्य अगाडी बढाएको नगरपालिका प्रमुख टिकाराम ढकालले जानकारी दिनुभयो ।
नगर क्षेत्र भित्रको सडक फराकिलो बनाउने नाममा नगरपालिकाले दोहोरो चरित्र प्रस्तुत गरेको हरिवन ९ निवासी राम प्रसाई बताउनु हुन्छ् । उहाँले भन्नुभयो “नगरपालिकानै स्वच्छ बातावरणको लागी रुख बिरुवा लगाउन जनतालाई उक्साउछ् बल्ल बल्ल आफ्नो सन्तानलाई जसरी बोट बिरुवा हुर्कायो अनि डोजर लिएर लडाउन उनिहरुनै आउछन्” ।
हरिवन नगरपालिका कार्यलयले यस बाहेक साप्ताहिक सरसफाई अभियान समेत संचालन गर्ने गरेको छ । जिल्लामै स्वच्छ र सफा नगरको परिकल्पना तथा फोहार, प्रदुसणका कारण नगर बासीले बर्षेनी सास्ती बेहोर्नु परेकोले हरिवन नगरपालिकामा सरसफाईलाइृ प्राथमिकता दिइएको नगरपालिकाका प्रमुख ढकालले बताउनु भयो ।
सडक फराकिलो तथा सरसफाई गर्ने कार्यमा सहयोग पुर्याइ दिन सम्पुर्ण नगरबासीमा नगरपालिका कार्यलयले अनुरोध गरेको छ ।