बैशाख-१७, सर्लाहीको नवलपुरमा रहेको नन्देश्वर महिला बचत तथा ऋण सहकारी संस्थाले हाल सम्म गरेका क्रियाकलापका बारेमा आज सरोकारवालाहरुलाई जानकारी गराएको छ । संस्थाकी अध्यक्ष गंगामाया खड्काको अध्यक्षता एवं महिला तथा बालबालिका कार्यालय मलंगवाकी प्रमुख देवकुमारी खत्रीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संस्थाले शेयर सदस्यहरुको नेतृत्व विकास, क्षमता विकास, सामाजिक क्रियाकलाप, हिंसा पीडित महिलालाई न्याय दिलाउन गरेको प्रयास र आर्थिक गतिविधीको बारेमा जानकारी गराईएको थियो ।
कार्यक्रममा संस्थाले हाल सम्म ४ करोड २२ लाख ११ हजार ५ सय ३७ रुपैँया आर्थिक कारोवार गरेको संस्थाकी सचिव सुनिता बुढाथोकीले जानकारी दिनुभयो । संस्थाको आफ्नै सभा हलमा भएको कार्यक्रममा प्रमुख अतिथी महिला कार्यालयकी प्रमुख खत्रीले पछिल्लो समय गाउँ–गाउँमा खुलेका महिला सहकारीले आफ्ना क्षेत्रका अति विपन्न महिलाहरुलाई समेत आय आर्जनको क्षेत्रमा ल्याउन सक्नुपर्नेमा जोडदिनुभयो । कार्यक्रममा गाविस सचिव गोपाल थापा, समाजसेवी हरेराम बस्नेत, उदयबहादुर कार्की, पे्रमहरि काफ्ले, रोहित भट्टराई लगायतले मन्तव्य राख्नु भएको हाम्रा संवाददाता पे्रमनाथ पौडेलले जनाएका छन् ।