बैशाख १२–सर्लाहीको सुखेपोखरीमा रहेको मोडल यूरिका ईङ्गलीस बोडिङ स्कुलको स्कुल बसमा आग्जनी भएको छ ।
हरिवन नगरपालिका -९ स्थित बिद्यालय प्राङगणमा पार्किङ गरेर राखेको बसमा गएराती अज्ञात समुहले आग्जनी गरेको बिद्यालयले श्रोतले दावी गरेको हो । आग्जनीबाट ना १ क ५१२२ नम्बरको स्कुल बस जलेर पुर्णरुपमा नष्ट भएको प्रहरीको भनाई छ । घटना स्थल तथा बसको क्षेतिको अवस्था अनुसार बसमा ब्याट्री सर्ट भएर आग्लागी भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
बिद्यालयको नयाँ कक्षा संचालनको समयमा शैक्षिक संस्था माथिको हमलाले सिंगो जिल्लाका निजि बिध्यालय संचालक आतंकीत भएको प्याब्सन सर्लाही शाखाका अध्यक्ष गोपाल पन्जियारले बताउनु भएको छ । साथै शैक्षिक संस्था माथिको यस्तो किसिमको आक्रमण स्वीकार्य नहुने चेतावनी दिनुभएको छ ।
यसैबिच निजि बिद्ययालय छाता संगठन प्याब्सन सर्लाहीले भने बिद्यालयमा कोही नभएको रातको १२ बजेको समयमा अज्ञात तथा अराजक तत्वले स्कुल बसमा आग्जनी गरेको आरोप लगाएको छ । बिद्ययालय जस्तो संबेदनसिल स्थानमा राखियको बिद्ययार्थी बोक्ने बसमा आग्जनी भएको भन्दै प्याब्सन सर्लाहीले चिन्ता ब्यक्त गरेको हो ।
यस्तै घटनाको निष्पक्ष छानबिन गरी दोसीलाई कडा कार्वाही गर्न समेत प्याब्सन सर्लाहीले माग गरेको छ । प्रहरीले ब्याट्री सर्ट भएर आग्लागी भएको अनुमान गरेको भएपनि प्याब्सन सर्लाहीले त्यो सत्य नभएको र त्यसरी आग्लागी हुनै नसक्ने जिकीर गरेको छ ।