चैत—४ सर्लाहीको नव घोषित बागमती नगरपालीकामा एतिहासिक फुटवल प्रतियोगीता हुने भएको छ ।
चैत ९ गतेबाट सुरु हुने ‘राजर्षि जनक कप फुटवल प्रतियोगीता २०७३’ अन्तरगत मोफसलमा ए डिभिजन तथा बिभागीय टिमको भिडन्त यो नै पहिलो भएको आयोजकले दावि गरेको छ ।
सर्लाहीको बागमती नगरपालीका स्थित बागमती युवा कल्वको आयोजनामा हुने सो प्रतियोगीतामा विभागीय टिम नेपाल पुलिस कल्व, नेपाल आर्मी कल्व, सस्त्र प्रहरी कल्व तथा ए डिभिजनका मनाङ मसर््यांदी युवा कल्व, सरस्वती युवा कल्व, जावला खेल युथ कल्व, संकटा कल्व र हिमालयन सेपा कल्व सहभागी हुने आयोजकले जनाएको छ ।
बागमती नगरपालीका तथा यस क्षेत्रमा खेलको माध्यमबाट स्थानीय स्तरका खेलाडीहरुलाई प्रोत्साहन गर्ने उदेश्य सहीत आयोजना गरीएको नक आउट प्रतियोगीतामा बिजेता टिमलाई रु ४ लाख नगद सहीत राजर्षि जनक कप तथा उप बिजेता टिमलाई नगद रु २ लाख सहीत ट्रफि प्रदान गरीने आयोजक कल्वका सचिव किस्मत मैनालीले जानकारी दिनुभएको छ ।
साथै खेल अवधिभरका उत्कृष्ठ गोल किप्पर, उत्कृष्ठ डिफेन्डर, उत्कृष्ठ मिड फिल्डर, उत्कृष्ठ स्टाईकर,उत्कृष्ठ कोचलाई जनही रु १५÷१५ हजार तथा उत्कृष्ठ प्लर्यसलाई रु २५ हजार नगद सहीत सम्मान गरीने छ । अनुमानीत बजेट रु ५० लाख तोकीयको ‘राजर्षि जनक कप फुटवल प्रतियोगीता २०७३’ को उद्घाटन खेल सिएमजी संकटा र हिमालयन सेर्पा बिच हुने आज पत्रकार सम्मेलन मार्फत आयोजकले जनाएको छ ।