श्रवण थापा १८ फागुण सर्लाही—नेपाल पत्रकार महासंघ सर्लाही शाखाको ८ औ जिल्ला अधिबेसन मंगलवार सम्पन्न भएको छ ।
सर्लाहीको सदरमुकाम मलंगवामा सम्पन्न अधिबेसनबाट १५ सदस्य नयाँ जिल्ला कार्यसमिती समेत चयन भएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य बिपुल जोसीको प्रमुख आतिथ्यमा भएको जिल्ला अधिबेसनले बिश्वनाथ ठाकुरको अध्यक्षतामा १५ सदस्य नयाँ जिल्ला कार्यसमिती सर्वसम्मत रुपमा चयन गरेको छ ।
जसमा उपाध्यक्ष महीलामा शान्ति ढुंगाना, उपाध्यक्षमा बख्तीयार अली, सचिव श्रवण थापा, सह सचिब समाबेसीमा अर्चना झा, सह सचिब सत्य प्रकास यादव, राम गोविन्द राय कोषाध्यक्ष तथा दलित सदस्य क्षितीज विश्वकर्मा, महिला सदस्यमा राधा अधिकारी, मधेशी सदस्य उदय यादव, जनजाती सदस्य घन स्याम बलम्पाकी, मनोज यादव, घन श्याम सिहं, अच्यतम साप्कोटा, राजेन्द्र सिहं कुश्वाहा खुल्ला सदस्यमा सर्वसम्मत रुपमा चयन भएको छ । अध्यक्षको अर्का प्रत्यासी टंक क्षेत्रीले सहमतीकोलागी आफ्नो उमेरद्धारी फिर्ता लिएपछि नयाँ कार्यसमिती सर्वसम्मत भएको हो ।
यसैबिच मंगलवार भएको अधिवेसनले जितेन्द्र प्रसाद सिंह, रोहीत प्रसाद पौडेल, कृष्ण थपलिया, चन्द्र मोहन चौधरी, प्रेमनाथ पौडेल, डुकु प्रसाद कोईराला, भक्ती रिजाल र ओम प्रकाश ठाकुर सहित ८ जना प्रदेश सभासद् र राजेश मिश्र, अमन कोईराला, कृष्ण कुमार स्माईली, अनवर अहमद, रोशन न्यौपाने, टंक बहादु क्षेत्री र पार्वती पाख्रिन सहित ७ जना केन्द्रिय सभासद् समेत चयन गरेको छ ।