श्रवण थापा सर्लाही माघं ३–सर्लाहीको कर्मैया गाविस वडा नम्बर ४ मा पर्ने आपटार क्षेत्र जंगली कुकुरको कारण आतंकीत भएको छ ।
सर्लाही र सिन्धुलीको सिमाना तथा चुरे जंगल क्षेत्रमा रहेको आपँटार क्षेत्रमा केहि संख्यामा रहेको जंगली कुकुरको कारण स्थानिय त्रसीत भएका हुन् । केही दिन एता जंगली कुकुरले ६ वटा बाख्रा समेत खाईसकेको स्थानिएको भनाई छ ।
नजिकैको जंगलमा बस्ने जंगली कुकुरले चरनको लागी छाडेको बाख्रा खान थाले पछि स्थानिय चिन्तीत बनेका छन् । जंगली कुकुरले हाल सम्म मान्छेलाई आक्रमण नगरेको भएपनि भविष्यमा त्यस्ता जंगली कुकुरले मान्छेलाई समेत आक्रमण गर्न सक्ने स्थानियको भनाई छ ।
त्यस्ता जंगली कुकुर अत्यन्त चलाख हुने भएकोले स्थानियले नियन्त्रण गर्न नसकिएको भन्दै जंगली कुकुर नियन्त्रणको लागी सम्बन्धित निकायलाई पहल गरी दिन स्थानियले आग्रह समेतगरेका छन् ।
यसैविच केहि समय देखि आपँटार गाउँ सगैँ जोडिएको बन क्षेत्रमा केही जोडि भालु समेत देखा परेको हरीहर क्षेत्र सामुदायिक बान उपभोक्ता समितीका अध्यक्ष भिमसेन थापाले जानकारी दिनु भयो । पछिल्लो केही समय यता हरीहर क्षेत्र सामुदायिक बनको तिब्र दोहन तथा मैसम परीबर्तनको कारण बनक्षेत्रमा आहारा नपादा जंगली जनावर गाउँ पस्नथालेको अध्यक्ष थापाको भनाई छ ।