श्रवण थापा सर्लाही, माघ १– अनन्दमार्ग प्रचार सघं हरीवन शाखाले सनिवार एक कार्यक्रमको विच अति विपन्न, असक्त तथा असाहायलाई कम्बल तथा लत्ता कपडा वितरण गरेको छ ।
हरीवन नगरका विभिन्न समाजसेवि तथा ब्यापारीहरुको सहयोगमा संकलित एक सय थान कम्बल, एक सय अस्सी थान साडी, जिन्स प्यन्ट, बच्चाहरुको रेडिमेड कपडा जुत्ता, चप्पल वितरण गरीएको ब्यापारी तथा कार्यक्रमका सभापति बैजु साहले जानकारी दिनुभयो ।
कम्बल वितरण कार्यक्रममा हरिवन नगर क्षेत्रका गरीव, दिन दुखि, असाहायहरुको उल्यख्य उपस्थिती रहेको कार्यक्रमका सभापति साहले जानकारी दिनुभयो । कार्यक्रममा सर्लाहीका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेल प्रमुख आतिथी, एमाले हरीवन नगर कमिटी अध्यक्ष चुडामणी वाग्ले विशिष्ठ आतिथी रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै तराई क्षेत्रमा रहेका अति विपन्न परीवारले बर्षेनि जाडोको कारण कठ्याङग्रीयर ज्यान गुमाउनु परेको अवस्थामा विपन्न परीवारलाई न्यानो प्रदान गर्ने काम गरेको भन्दै प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले अनन्द मार्ग प्रचार सघं हरीवन शाखालाई धन्यबाद ब्यक्त गर्नु भयो । साथै आफ्नो छर छिमेकमा भएका विपन्न परीवारलाई कठ्याङग्रीदो जाडोमा न्यानो प्रदान गर्न सबै छिमेकीले सहयोगको हात बढाउनु पर्नेमा जोड दिनुभयो ।
विगत केही बर्षदेखि अनन्द मार्ग प्रचार सघं हरीवन शाखाले ब्यापारी तथा स्थानिय समाजसेविहरुको सहयोगमा दिन दुखी र असाहायहरुको लागी एक दिनको मिष्ठान्न भोजन सगँै लत्ता कपडा समेत वितरण गर्दै आएको छ ।