सर्लाही , मंसिर ३०-पुर्व पश्चिम लोकमार्ग अन्तरगत पर्ने सर्लाहीको ढुग्रेखोलामा आज भएको सडक दुर्घटनामा परी एक जना साईकल यात्री गंभिर घाईते भएका छन् ।
पुर्व बाट पश्चिम तर्फ आउदै गरेको भारतीय नम्बर HR ६९ B ७५६९ को कोईला बोक्ने लहरीले सोही दिशा तर्फ जादै गरेको साईकल लाई पछाडि बाट ठक्कर दिदा सर्लाहीको कर्मैया गाविस ४ निवासी ३३ बर्षका दुर्गा बहादुर खुल्लाल गंम्भीर घाईते भएका छन् ।
ट्रकको ठक्करबाट घाईते खुल्लालको सर्लाहीको हरीवन स्थित नमुना अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागी हेटौडा स्थित चुरेहिल अस्पताल पुर्याईएको छ ।
साथै ठक्कर दिने ट्रक र चालकलाई हरीवन स्थित ईलाका प्रहरी कार्यलय हरीवनमा राखिएको छ ।
सर्लाहीको कर्मैयामा सडक दुर्घटना एक जना गंभिर घाईते
