काठमाडौं, मंसिर १७ – चलचित्र ‘जात्रा’ शुक्रबारबाट चौथो सातामा प्रदर्शन भइरहेको छ । चौथा सातामा पनि प्रदर्शन भइरहेको ‘जात्रा’ लाई पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति नेपाल पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले उत्कृष्ट फिल्मको उपमा दिनुभएको छ ।
बिहीबार सुन्धारास्थित सिभिल मलको क्युएफएक्स सिनेमा हलमा पत्नी हिसीला यमी, नयाँ शक्ति पार्टीकी सदस्य तथा अभिनेत्री करिश्मा मानन्धरसँग फिल्म हेर्दै उत्कृष्ट डा. भट्टराईले फिल्म उत्कृष्ट मध्येको एक रहेको प्रतिक्रिया दिनुभएको हो । प्रदीप भट्टराईद्वारा निर्दशित ‘जात्रा’ ले नेपाली समाजको जीवन्त र रोचक चित्रण गर्ने फिल्म रहेको डा. भट्टराईले बताउनुभयो । यस्तै, अभिनेत्री करिश्मा मानन्धरले जात्रालाई हाँसो र रोनदयुक्त फिल्म भनि व्याख्या गर्नुभएको छ ।
चलचित्र ‘जात्रा’ शुक्रबारबाट चौथो सातामा प्रदर्शन
