मंसिर १७ – मानिस प्रेममा जे पनि गर्न तयार हुन्छ भनिन्छ । आम मानिस जस्तै सेलिब्रेटीहरु पनि यसमा चुकेका हुँदैनन् । बलिउड सेलिब्रेटीकै कुरा गर्ने हो भने प्रेममा परेका केही सेलिब्रेटीले प्रेमी र प्रेमिकाको लागि गरेका केही किस्सा हाम्रै आँखा अघि छन् । जसमा सबैभन्दा अगाडि छिन् अभिनेत्री परवीन बाबी ।
एक समयकी उत्कृष्ट अभिनेत्री परवीन बबी निर्माता तथा निर्देशक महेश भट्टको प्रेममा थिइन् । विवाहित महेश भट्ट र कबिर बेदीसँग ब्रेकअप भएकी परवीन एकअर्काको मायालाई मात्र हेरेर अरुको वास्ता नगरी एकसाथ बस्न थालेका थिए । सँगै बस्ने क्रममा एक दिन महेश परवीनसँग रिसाएर निस्कीए । उनको पछि पछि परवीन पनि दौडिइन् । महेशको प्रेममा पागल भएकी उनी आफूले लुगा लगाएको छैन भन्ने बिर्सेर दौडेकी रहिछिन् । उनीहरुको यो किस्सा १९७७ तिर निकै चर्चामा थियो ।
२०५४ मा जन्मेकी परवीन २००५ मा डिप्रेशनका कारण संसारबाट बिदा भइन् । उनको डिप्रेशनको कारण उनको ब्रेकअपलाई मानिन्छ । कबिर बेदी र महेशसँग ब्रेकअप भएपछि उनी अरु कसैलाई पनि विश्वास गर्न नसक्ने भएकी थिइन् । उनलाई सबैले छोड्छन् भन्ने नै लाग्थ्यो । यहि कारण उनी डिप्रेशनबाट बाहिर निस्कन सकिनन् । उनी जीवनभर अविवाहित नै रहिन् ।
दिपिका र रणवीरको प्रेम
सन् २००८ मा आएको सिनेमा बचना ए हसिनोको सेटमा दिपिका र रणवीरको प्रेम सुरु भयो । रणवीरको प्रेममा चुर्लुम्म डुबेकी दिपिकाले त्यस समय आफ्नो गर्दनमा आरके नामको ट्याटु खोपाइन् । तर उनीहरुको प्रेमले भने लामो समयसम्म निरन्तरता पाउन सकेन । केही वर्षमै उनीहरुको ब्रेकअप भयो । दिपिकाले खोपाएको रणवीरको नामको ट्याटु भने अहिले पनि दिपिकाको गर्दनमै देख्न पाइन्छ ।
श्री देवी र बोनी कपूरको प्रेम
८० र ९० को दशककी उत्कृष्ट अभिनेत्री श्री देवी र अभिनेता मिथुन चक्रवर्तीको प्रेम पनि निकै चर्चामा रह्यो । उनीहरुले सुटुक्क विवाह गरेका खबरहरु पनि थिए । तर सबैलाई चकित पार्दै विवाह अगाडि नै गर्भवती भएपछि श्री देवीले सन् १९९६ मा आठ वर्ष जेठा निर्माता तथा निर्देशक बोनी कपूरसँग विवाह गरिन् । श्री देवीसँग विवाह गर्दा बोनी विवाहित र दुई सन्तानका पिता बनिसकेका थिए । उनले श्री देवीको लागि पहिलो पत्नी मोनालाई छाडिदिए । बोनीकी पहिली पत्नी मोनाका अनुसार पछि मिथुनलाई श्री देवीले राखी बाँध्न पनि भ्याइन् ।
रेखाको सिंदुर
२२ जनवरी १९८० मा ऋषी कपूर र नितु सिंहको विवाह थियो । त्यस बखत उनीहरुले आफ्नी निकट साथी रेखालाई पनि बोलाएका थिए । पार्टीमा अमिताभ बच्चन, जया बच्चन, तेजी बच्चन लगायतका कलाकारहरुको उपस्थिति थियो । यहि क्रममा रेखा सेतो रंगको साडीमा मंगलसुत्र र शिरमा सिन्दुर सजाएर त्यहाँ पुगिन् । उनको शिरमा भएको सिंदुरले सबैको ध्यान तान्यो । किनकी रेखाले लगाएको सिंदुर अमिताभको नाम भन्ने हल्ला थियो । रेखा र अमिताभको प्रेमले पनि एकताका निकै चर्चा बटुल्यो । रेखा अहिले पनि अमिताभको नामको सिंदुर लगाउँछिन् ।
धर्मेन्द्रले गरे हेमाको लागि धर्म परिवर्तन
धमेन्द्र र हेमा मालिनीको प्रेम पनि निकै चर्चामा रह्यो । उनीहरुको प्रेम धमेन्द्रले गरेको धर्म परिवर्तनका कारण पनि चर्चामा थियो । हेमाको प्रेममा परेका धर्मेन्द्रले उनलाई पाउनको लागि समस्याबाट गुज्रिनु पर्यो । हेमाको प्रेममा पर्नुभन्दा पहिले नै धमेन्द्र विवाहित र ४ सन्तानका पिता थिए । उनी हेमासँग विवाह गर्न चाहन्थे । तर उनलाई पहिलो पत्नीले डिभोर्स दिन मानिनन् । यस्तो अवस्थामा उनले धर्म परिवर्तन गरेर हेमासँग विवाह गरेका थिए । विवाह पछि देओल परिवारले आजसम्म पनि हेमालाई स्वीकारेको छैन ।
करीनाले छोडिन् ननभेज
शहिद कपूर र करीना कपूरको सम्बन्धको बारेमा सबैलाई थाहा छ । उनीहरुले आफूहरु एकअर्काको प्रेममा रहेको कुरा कहिल्यै पनि लुकाएनन् । उनीहले प्रेम सार्वजनिक पनि गरे र पछि ब्रेकअप भएको पनि सजिलै स्वीकारे । शाहिदको प्रेममा चुर्लुम्म डुबेकी करीनाले शाहिदको लागि माछामासु खान छोडेकी थिइन्. । त्यस समयदेखि करीना भेजिटेरियन भएकी छिन् ।
सेफको हातमा करीनाको नाम
त्यसो त बलिउडमा ट्याटु खोपाउने कलाकारहरुको फेहरिस्त निकै लामो छ । बलिउडका प्रायले आफ्नो शरीरमा ट्याटु खोपाएका छन् । यस्तै करीना कपूरको प्रेममा डुबेका अभिनेता सेफ अलि खानले करीनाको नामको ट्याटु आफ्नो हातमा खोपाउन भ्याए । करीना कपूरसँग डेटिङ शुरु गर्नासाथ सेफले ट्याुट खोपाएका हुन् ।
शुष्मिताले छोडिन् ध्रुमपान
एकसमय अभिनेत्री शुष्मिता सेन र रणदीप हुड्डाको नाम पनि जोडिएको थियो । सफल र स्थापित अभिनेत्रीमा गनिन थालेकी सुष्मिता र भर्खरै करिअर सुरुवात गरेका रणदीप एकअर्काको प्रममा चुर्लुम्म डुबे । बिशेषगरि शुष्मिता रणदीपलाई चाहन्थिन् । यहि कारण चेन स्मोकर शुष्मिता रणदीपको लागि धुम्रपान छोड्ने कोसीसमा लागिन् । तर पछि उनीहरुको ब्रेकअप भयो र शुष्मिताले धुम्रपान पूर्ण रुपमा छाड्न सकिनन् ।
अमिसाले आमाबुवासँग सम्बन्ध तोडिन्
आमा बुवाको विरोधमा गएर अभिनेत्री अमिषा पटेल विक्रम भट्टसँग बस्न थालिन् । विक्रमसँग बस्दा उनले आमाबुवासँग सम्बन्ध पूर्णरुपमै तोडेकी थिइन् । त्यसबखत उनी आमा बुवासँग कन्ट्याक बिहिन थिइन् ।
अक्षय र रवीनाको विवाह किस्सा
प्राप्त जानकारी अनुसार अक्षय कुमार र रविना टंडनले सुटुक्क विवाह गरेका थिए । एक समय अक्षय कुमारको नाम उनका कोस्टार रहेका प्राय अभिनेत्रीहरुसँग जोडिन्थ्यो । त्यहि समय उनको रविनासँग विवाह भएको खबरहरु आएका थिए । पछि ट्विंकलसँग नजिकिएका अक्षयले रविनालाई छोडिदिए ।
उज्यालाे र forseenetwork.com को सहकार्य
आम मानिस जस्तै सेलिब्रेटीहरु पनि यसमा चुके
