सर्लाहीकौ उत्तर पश्चिम तथा सर्लाही, सिन्धुली, मक्वानपुर र रौतहटको संगम स्थिल धार्मिक तथा पर्यटकीय स्थिल नुनथर नजिकै रहेको कर्मैया—२ बागमतीमा मिती २०७० सालमा सुचना र संचारको माध्मबाट यस क्षेत्रको विकास तथा प्रर्बधन गर्ने उदेश्यले गठीत श्री शान्तिपुर मिडिया नेटर्वक प्रा.ली. ले यस रेडियो बागमती ९१.५ मेगाहर्ज संचालनमा ल्याएको हो । विसुद्ध सामाजिक परीर्वतन तथा स्थानिय स्थरमा रहेर यस क्षेत्रका सम्पुर्ण जनमानसमा सुचना र प्रविधिको पहुच पुर्याउने उदेश्यको साथ यस रेडियो बागमती ९१.५ मेगार्हजको स्थिापना गरीएको कुरा यहाँहरु सबैमा जानकारी गराउछै । स्थापना काल देखिनै यस क्षेत्रका विभिन्न सरकारी, गैर सरकारी तथा विभिन्न संघ सस्था, स्थानिय राजनितीक दलका प्रतिनिधि, ब्यापारी बर्ग, सुभचिन्तक र श्रोतामाझ निकै लोकप्रिय बन्न सफल यस रेडियो यहाँहरुकै माया र साथ पायकै कारण आज सम्म ५०० वाट क्षमतामा संचालन हुन सकेको यहाँहरुमाझ अगवत गराउछौ । स्थानिय जनजिवीका सगँ जोडियका विविध पक्ष लाई समेटेर यस रेडियो बागमती ९१.५ मेगाहर्जले राजनितीक बहस, कृषि, पसुपालन, मानव स्वास्थ्य, आधुनिक प्रविधि, महिला अधिकार, स्थानिय विकास, जिल्लामा लुकेर रहेको विभिन्न राम्रा पक्षका पक्षपोषण तथा नराम्रो पक्षको नियन्त्रण र सम्बन्धित निकायलाई खबरदारी गर्ने कुरामा कुनै कस्सर बाँकी नराखेको कुरा यहाँहरुमाझ जगजाहेरैै छ । सर्लाही जिल्लाको उत्तर पश्चिम क्षेत्र कर्मैयामा अवस्थित यस रेडियोे सर्लाही सहित रौतहट, बारा, मक्वानपुर, सिन्धुली, रामेछाप, महोतरी, सिरहा तथा भारतको विभिन्न जिल्लामा समेत सहजै सुन्न सकिन्छ । साक्षरताको हिसावले समेत अत्यन्त कम्जोर देखिएको यस तराई क्षेत्रलाई नै आफ्नो कभरेज एरीया बनाएको यस रेडियो कमजोर आर्थिक स्थिती भएका, निरक्षर स्थानियको लागी अत्यन्त प्रभावकारी संचार माध्यम बनेको छ । साथै यस संचार माध्यम बाट स्थानिय अत्यन्त लावान्भीत भएको कुरा समेत सहजै अनुमान गर्न सकिन्छ ।
अन्तमा फेरी पनि यस समय सम्मको तपाई सम्पुर्णको साथ सहयोग र आत्मीयताको लागी यस रेडियोको तर्फबाट आभार प्रकट गर्दै निरन्तर सहयोगको अपेक्षा गर्दछौ ।