धन्कौल-सर्लाहीको धन्कौलमा भएको अटो दुर्घटनामा परेर तिन जना घाईते भएका छन् ।
बुधवार धन्कौल गाउँपालिका–१ सेखौनामा मधुवनीबाट बरहथवा तर्फ आउदै गरेको ना २ ह ६५९० नम्बरको अटो दुर्घटनामा परेको हो । अटो दुर्घटनामा परेर घाईते भएकाहरुको बरहथवा स्थित एडभान्स सन्जिवनी अस्पतालमा उपचार भैरहेको छ ।
घाईते हुनेहरुमा बरहथवा नगरपालिका–४ बस्ने २९ बर्षीया मनिषा कुमारी चौधरी, सोही स्थानका २८ बर्षका उमेद् महतो र ४० बर्षका अटो चालक शम्भु महतो रहेको ईलाका प्रहरी कार्यलय बरहथवाले जनाएको छ ।
दुर्घटनाको विषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक मदन कुँवरले जानकरी दिनुभयो ।
धन्कौलमा अटो पल्टिदा तिन जना घाईते
