हरिवन–सर्लाहीमा अढाई बिगाह क्षेत्रफलमा लगाएको गाजाँ प्रहरीले नष्ट गरेको छ ।
मंगलवार सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर १ डाडाँ गाउँ भन्ने ठाउँमा लगाएको अबैध गाजाँ खेती प्रहरीले नष्ट गरेको हो । पुर्व पश्चिम लोकमार्गबाट ७ किलोमिटर उत्तर चुरेको खोचँमा लगाएको उक्त गाजाँ नष्ट गर्न जिल्ला प्रहरी कार्यलय मंलगवाबाट प्रहरी उपरिक्षक बिश्वमणी पोखरेलको नेतृत्वमा जिल्ला प्रहरी कार्यलय मलंगवा र ईलाका प्रहरी कार्यलय हरिवनको प्रहरी टोली पुगेको थियो ।
अबैध रुपमा ठुलो क्षेत्रफलमा लगाईएको ८ हजार भन्दा बढी गाजाँको बोट फडानी गरी आगो लगाईएको प्रहरी उपरिक्षक पोखरेलले जानकारी दिनुभयो । एका बिहानै गाजाँ खेतमा पुगेको प्रहरीलाई देखेपछि स्थानीय भने घरबाट निस्किएका थिएन्न । उक्त गाजाँ खेती कस्ले लगाएको हो, नखुले पनि सोही स्थानका स्थानीयहरुको हुन सक्ने प्रहरीको आशंका छ । भिरालो जमिनमा नदेखीने गरी गाजाँ खेती भैरेहेको पाहिएको उहाँको भनाई छ ।
प्रहरी उपरिक्षक पोखरेल गत हप्तामात्र प्रहरी प्रधान कार्यालय अन्तर्गतकै सुरक्षा सेवा व्यवस्थापन निर्देशनालयबाट प्रहरी प्रमुखको रुपमा सर्लाही आईपुग्नु भएको हो ।
सर्लाहीको हरिवनमा प्रहरीद्वारा अढाई बिगाह गाजाँ खेती फडानी
