सर्लाही–सर्लाहीको बागमतीमा एक दिने च्याउ खेती सम्बन्धी तालिम सम्पन्न भएको छ ।
बागमती नगरपालिका ५ राजघाट स्थित जनजाग्रिती आधारभुत बिध्यालयमा एक दिने च्याउँ खोती सम्बन्धी तालिम सम्पन्न भएको बागमती नगरपालिका कृषि शाखाले जनाएको छ ।
बागमती नगरपालिका कृषि शाखाको प्राविधिक सहयोगमा श्रमीक कृषक मकै उत्पादक सहकारीको आयोजनामा तालिम संचालन गरिएको संस्थाका अध्यक्ष सन्त बहादुर विश्वकर्माले जानकारी दिनुभयो । तालिममा स्थानीय ५० जना कृषकहरुको सहभागिता रहेको आयोजक संस्थाको भनाई छ ।
तालिम लिएका किसानहरुलाई बागमती नगरपालिका कृषी शाखाको तर्फबाट २०० प्याकेट च्याउँको बिउँ समेत ७५ प्रतिशत अनुदानमा उपलब्द गराएको तालिमका प्रशिक्षक तथा बागमती नगरपालिकाका कृषि प्राविधिक हिमाल बहादुर शाहिले जानकारी दिनुभयो ।
एकदिने च्यउ खेती तालिम सम्पन्न
