सर्लाही–सर्लाहीको दक्षिण–पश्चिम भेग रामनगरमा शुक्रबार खेत जोत्ने क्रममा ट्याक्टर पल्टदा चालकको ज्यान गएको छ ।
रामनगर गाउँपालिका–३, खैर्बाबहुअर्वामा आफ्नै खेत जोत्दै गर्दा ना ३ त ५१९४ नम्वरको ट्याक्टर पल्टिएर चालक सोही ठाउँका २० वर्षीय रोशन सिंहको मृत्यु भएको हो । बिहान १० बजेको समयमा ट्याक्टर अनियन्त्रित भई खेत छेउकै मनुसमारा नदीमा खसेको थियो । खोलामा खसेको ट्याक्टरले च्यापिएका चालक सिंहको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय गडहीयाले जनाएको हो ।
ट्याक्टरमा च्यापिएको अवस्थामा रहेको चालकको शव प्रहरी र स्थानीय मिलेर बाहिर निकालेका थिए । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलङ्गवा पुर्याईएकोे सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) गोपालचन्द्र भट्टराईले जानकारी दिए ।
सर्लाहीमा ट्याक्टर पल्टिँदा चालकको ज्यान गयो
