सर्लाही कात्र्तिक -१४, एक समुहले देउसी भैली खेलेर संकलन गरेको रकम मृगौला पिडितलाई हस्तान्तरण गरेको छ ।
सर्लाहीको बागमती नगरपालिका–१ पानि टयांकी चोकका ३१ बर्षका मृगौला पिडित अजय कार्कीलाई युवाहरुको समुहले देउसी र भैलीबाट संकलन भएको रकम हस्तान्तरण गरेको हो । स्थानीय युवा बाबुराम भट्टराईको नेतृत्वमा रहेको देउसी भैली समुहले देउसी भैली खेलेर एक लाख १२ हजार संकलन गरेको थियो । त्यसमा अन्य सहयोगीहरुबाट संकलन भएको रकम समेत गरी मृगौला पिडित कार्कीलाई एक लाख ७५ हजार एक सय ५० रुपैया नगद हस्तान्तरण गरेको देउसी भैली समुहका संयोजक भट्टराईले बताए ।
बिहिवार एक कार्यक्रमको आयोजना गरी समुहले वडाध्यक्ष गंभिर सिङ पाख्रिनमार्फत दुबै मृगौला फेल भएका पिडित कार्कीलाई सो रकम हस्तान्तरण गरेको हो । कार्यक्रममा बोल्दै बागमती नगरपालिका–१ का वडाध्यक्ष गंभिर सिङ पाख्रीनले पछिल्ले समय संस्कृतीहरुमा बिकृती भित्रन थालेको चिन्ता ब्यक्त गर्दै, हाम्रा संस्कार संस्कृतीहरुलाई सामाज परिवर्तनको मेरुदण्डको रुपमा प्रयोग गर्नु पर्नैमा जोड समेत दिए । युवाहरुले गरेको सो पुण्य कार्यको वडाध्यक्ष पाख्रीनले प्रशंसा समेत गरेका थिए ।
पिडित कार्कीकोे हाल नियमित डाईलासिस गराईरहेको परिवाले जनाएका छन् । सामान्य आर्थिक अवस्था रहेको कार्की आफै संग उक्त रोगको उपचार गर्ने संम्भावना नभएको परिवारको दुखेसो छ । पिडित कार्कीको एक तिन बर्षकी छोरी समेत रहेकी परिवारले जनाएको छ । दुबै मृगौला फेल भएका कार्कीको तत्काल मृगौला प्रत्यारोपण गर्नु पर्ने भएपनि आर्थिक अवस्था कम्जोर हुदा समस्या भएको भन्दै पारिवारिकले आर्थिक सहयोगको समेत अपक्षा गरेको छ ।
यसैविच सोही कार्यक्रम मार्फत बागमती नगरपालिका–१ मा रहेको पिस पोइन्ट बोडिङ स्कुलका संस्थापक प्रिन्सीपल युवराज मैनालीले पिडित कार्कीकी ३ बर्षकी छोरी आशिका कार्कीलाई आफ्नो स्कुलमा निशुल्क पढाई दिने घोषण समेत गरेका छन् । तिहारमा गाँउका युवाहरु मिलेर देउसी भैलो खेल्ने र संकलीत रकमबाट बनभोज जाने परम्परा तोडेर संकलीत रकम मृगौला पिडित साथी अजय कार्कीको उपचारमा खर्च गर्नु युवाहरुको प्रशंसनिय कार्य भएको स्थानीयको भनाई छ ।