सर्लाही–कार्तिक ६, पुर्व पश्चिम लोकमार्ग स्थित हरिवनमा मोटरसाईकलको ठक्करबाट एक बालक घाईते भएका छन् ।
सर्लाहीको हरिवन नगरपालिका–११ स्थित पुर्वबाट पश्चिम आउदै गरेको लु ४८ प ५२८३ नम्बरको मोटरसाईकलको ठक्करबाट सोही स्थान बस्ने सन्दिप दाशको ५ बर्षका छोरा राउल दाश गंभिर घाईते भएका हुन् ।
बाटो काट्ने क्रममा मोटरसाईकलले ठक्कर दिएको बालकको टाउकोमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ । घाईते बालकको हरिवन स्थित स्वाभिमान अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागी बिरगंज रेफर गरिएको ईलाका प्रहरी कार्यलय हरिवनले जनाएको छ । ठक्करदिने मोटरसाईकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोटरसाईकलको ठक्करबाट बालक घाईते
