सर्लाहीको बागमतीमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत ११७ जनालाई रोजगारी दिईएको छ ।
आज एक कार्यक्रमका विच बागमती नगरपालिकाकी उप–मेयर लिला कुमारी मोक्तानले कार्यक्रमको उद्घाटन गर्नु भएको हो । प्रधानमन्त्री रोजगारी कार्यक्रममा छनौट भएका ११७ जनालाई ३० दिने रोजगारीको कार्यक्रम संचालन गरिएको बागमती नगरपालिका प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक निलम कुश्वाहले जानकारी दिनुभयो ।
यस आर्थिक बर्षको अन्तिममा कार्यक्रम संचालन भएकोले तिस दिनको लागीमात्र कामदार नियूक्ति गरिएको उहाँको भनाई छ । अर्को आर्थिक बर्षबाट एक सय दिनको रोजगार कार्यक्रम संचालन गरिने लक्ष्यरहेको संयोजक कुश्वाहले बताउनु भयो । उद्घाटन कार्यक्रम मार्फत उपस्थित कामदारहरुलाई ‘सेफ्टी’ हेलमेट, ज्याकेट तथा पन्जा वितरण गरिएको थियो ।
नगरपालिका कार्यलयको सभाहलमा आयोजित अन्तरकृया कार्यक्रममा मार्फत उनिहरुले गर्नुपर्ने काम, समय तथा उनिहरुले पाउने सुविधाको बिषयमा जानकारी गराईएको हो । बागमती नगरपालिकाबाट प्रधानमन्त्री रोजगार कार्यक्रमकालागी फरम भरेका ९ सय ९५ जना मध्य १ सय १७ जना मात्र छनौट भएका कार्यक्रम संयोजक कुश्वाहले बताउनु भयो ।
छनौट भएका १ सय १७ जना कामदारलाई १२ वडामा बराबर शंख्यामा बाडफाड गरेर वडाध्यक्षको मातहतम काम लागाईने नगरपालिका कार्यलयले जनाएको हो । उनिहरुले नगरभित्रका सार्वजनिक चोक–चौतारा, स्क्ुल, वडा कार्यलय स्वास्थ्य चौकी तथा सडक सरसफाई सगै फल फल्ने, फुलफुल्ने र छहारी दिने खालका बिरुवा रोप्ने कार्यक्रम तय गरिएको छ ।
कार्यक्रममा सहभागी भएर कामगर्ने कामदारले दैनिक ८ घण्टा काम गरेवापत ५ सय १७ रुपेयाका दरले ३० दिनको ज्याला प्राप्त गर्ने छन् । कार्यक्रम अन्तरगत यस आर्थिक बर्ष २०७५–२०७६ को लागी २६ लाख मात्र प्राप्त भएकोले फरम भरेका सम्पुर्णलाई समेट्न नसकिएको बागमती नगरपालिकाका मेयर भरत कुमार थापाले जानकारी दिनुभयो । मेयर थापाले कार्यक्रममा सहभागी कामदारलाई कामको सम्मान गर्न समेत आग्रह गर्नु भयो । ‘काम कुनै पनि सानो ठुलो हुदैन्’ । उन्ले भने, ‘क्षमता अनुसार ईमान्दार भएर काम गर्ने हो, कामको सम्मान नगर्ने कहिले सफल हुदैन’ ।
केन्द्रबाट प्राप्त कुल रकमको ७० प्रतिशत रकम छनौट भएका कामदारहरुले तलव भत्तामा खर्च हुने छ । भने, बाँकी तिस प्रतिशत रकमबाट उनिहरुको ज्याकेट, हेल्मेट, पन्जा खरिद गरिएको तथा सोही रकमबाट बिरुवा लगाएतको सामान समेत खरिद गरिने नगरपालिकाको भनाई छ ।