सर्लाही चैत्र २१-बिहिवार बिहान बागमतीमा लुटपाट तथा एक बृद्ध माथी आक्रमण भएको छ । सर्लाहीको बागमती नगरपालिका–४ पुरानो चौकी र कमैयामा गरी दुई घरमा लुटपाट भएको प्रहरीले जनाएको हो ।
बिहिवार बिहान १ बजेको समयमा बागमती–४ चौकी टोल बस्ने निर बहादुर भण्डारीको घरमा पसेको ढाकाँ समुहले उन्को आमा सिता देवी भण्डारीले लगाएको सुनको गर गहना लुछेर लगेको पिडित परिवारको भनाई छ । घरमा रहेका अन्य परिवारको ढोकामा बाहिरबाट चुक्कुल लगाएर उक्त समुहले बृद्धमाथी लुटपाट गरेका थिए ।
लुटपाट गरेको थाहाँ पाएपछि लुटेरा समुहको प्रतिकार गर्ने क्रममा लुटेरा समुहले प्रहार गरेको धारिलो हतियारले लागेर ८० बर्षिया सिता भण्डारी घाईते हुनुभएको छ । उहाँको भरतपुरमा उपचार भैरहेको पारिवारीक श्रोतले जनाएको छ । धारीलो हतियारबाट भण्डारीको हातमा गहिरो चोट लागेको छ ।
यस्तै सोही समुहले बागमती नगरपालिका–११ कर्मैयामा पनि एक घरमा लुटपाट गरेको ईलाका प्रहरी कार्यलय कर्मैयाले जनाएको छ । लुटेरा समुहले छतबाट घर भित्र पसेर टंक नाथ पाण्डेको ७०÷७५ बर्षीया आमा ज्ञानु पाण्डेको कानमा लगाएको सुनको गहनाहरु लुछेर लगेको प्रहरीले जनाएको हो ।
उक्त समुहले मध्यरातमा घरका अन्य सदस्यको ढोका बन्दगरेर बृद्धाहरुको नाक कानमा रहेको गरगहना लुटने गरेको पाहिएको छ । यसैविच प्रहरीले सोही घटनामा संलग्नको आशंकामा रातीनै २ जनालाई नियन्त्रणमा लिएको छ । घटनाको जानकारी पाउने बितिकै पुगेको प्रहरीको टोलीले थप अनुसन्धान गरिरहेको जनाएको हो ।