सरिता सापकोटा सर्लाही पुस १३-‘रक्तदान जिवनदान’ भन्ने मुलनारालाई आत्मासाथ गर्दै सनिवार सर्लाहीको सोल्टीमा रक्तदान कार्यक्रम संम्पन्न भएको छ ।
बागमती नगरपालिका स्थित सोल्टी बजारमा आयोजित रक्तदान कार्यक्रममा ९३ जनाले रक्तदान गरेको आयोजक सोल्टी युवा क्लवले जनाएको हो । सोल्टी युवा क्लवको आयोजनामा संचालन भएको रक्तदान कार्यक्रममा जिल्ला रेडक्रस सर्लाहीका टोलीले रगत संकलन गरेका थिए ।
कार्यक्रम लायन्स क्लव काठमाण्डौ जिल्ला रेडक्रस सर्लाही र उपशाखा शंकरपुरको संयूक्त प्रयासमा सम्पन्न गरिएको आयोजक सोल्टी युवा क्लवका अध्यक्ष टिका बहादुर दर्लामीले जानकारी दिनुभयो । रक्तदान कार्यक्रममा बागमती नगरपालिकाका मेयर भतरकुमार थापा प्रमुख अतिथि तथा बागमती ६ का वडाध्यक्ष खड्ग बहादुर राई ७ का वडाध्यक्ष दुर्गा बहादुर हेन्जन, ८ का वडाध्यक्ष मान बहादुर तामाङ, ९ का वडाध्यक्ष राम बाबु दाश र वडा १० का वडाध्यक्ष जुगौर शेष अतिथि रहनुभएको थियो ।
कार्यक्रमका सह आयोजकमा बागमती नगरपालिका वडा नम्बर ८, ९, १०, साना किसान कृषी बहुमुखी सहकारी सस्था बागमती १०, सुर्यौदय बचत तथा ऋण सहकारी संस्था बागमती १०, सामुदायीक विद्युत सहकारी सस्था बागमती १० र डि एक्स एन रचना ईन्टरप्राईजेज लालबन्दी सर्लाही रहेको आयोजक सोल्टी यूवा क्लवको भनाई छ ।
सोल्टी युवा क्लवले लामो समय देखी सामाजिक कार्यमा समेत आफ्नो बाक्लो उपस्थिती जनाउदै आएको छ ।
सोल्टी युवा क्लवको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
