सरिता सापकोटा सर्लाही पुस १३-जिल्ला बचत तथा ऋण सहकारी सघं सर्लाहीको अध्यक्षमा पुनः बाबुराम घिमिरे चयन भएका छन् ।
सनिवार हुनलागेको संघको निर्वाचनको तयारीको बिषयमा छलफल गर्न बसेको बैठकले सर्वसहमतीमा सगुन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष घिमिरेको नेतृत्वमा ९ सदस्य कार्यसमिति चयन गरेको हो । सघंको यस पहिला गत मंसिरमा भएको ९ औँ साधारण सभाको बन्द सत्रमा नयाँ कार्यसमिति चयनको छलफलनै हुन नसकेपछि संघले पुस १४ गते सनिवार निर्वाचनको तयारी गरेको थियो ।
सघंको नयाँ कार्यसमितिको उपाध्यक्षमा हरेन्द्र महतो, सचिवमा जवाहरलाल कुश्वाह, कोषध्यक्षमा मन्दिरा आचार्य र सदस्यहरुमा सुभद्रा देवी महतो, पाचु महतो, लालबाबु महतो, झगरु शाह र रेखा जोसी चयन भएका संघले जनाएको हो ।
संघको शुक्रवारको बैठक सलाृहीको हरिपुर स्थित ग्रामिण नारिउत्थान संधको सभाहलमा सम्पन्न भएको सहकर्मी अचुतम सापकोटाले जानकारी दिनुभएको हो ।
जिल्ला बचत तथा ऋण सहकारी संघको अध्यक्षमा पुनः घिमिरे चयन
