सरिता सापकोटा सर्लाही पुस १३ -नेपाली सेनाको पाचँकुमारी स्थित रणशेरगणको आयोजनामा एकदिने निशुल्क स्वास्थ्य शिविर संम्पन्न भएको छ ।
रणशेरगण पाचँकुमारीले राष्ट्रिय सेवादल अन्तरगत जिल्लाको दक्षिणी क्षेत्रका विभिन्न बिद्यालय तथा गाउँमा संचालित तालिमको समापनको अवसर पारेर शुक्रवार निशुल्क स्वास्थ्य शिविर संचालन गरेकोे हो । शिविर सर्लाहीको बरहथव नगरपालिका वडा नम्बर–६ मुस्लिम टोलमा संचालन भएको थियो । रणशेरगण पाचँकुमारीका गणपती कर्नेल मिनराज तिवारीको नेतृत्वमा सेनाका स्वास्थ्यकर्मीको टोली शिविरमा खटिएका थिए ।
१५ दिन सम्म संचालन भएको राष्ट्रिय सेवा दलको तालिम अन्तरगत विभिन्न बिद्यालयका बिध्यार्थी तथा स्थानीयलाई सर्पदंशको अवश्थामा प्राथमिक उपचार प्रकृया, विभिन्न विपद्को समयमा गर्न सकिने उद्दारका कार्य सामाजमा हुने द्धन्द्ध समाधानमा उनिहरुको भुमिका तथा संकास्पद् विस्फोटक पदार्थको विषयमा तालिम तथा प्रशिक्षण दिएको थियो । राष्ट्रिय कार्यक्रम अन्तरगत तालिम संचालन भएको गणपती कर्नेल तिवारीले बताउनु भयो ।
तराईमा ह्वातै बढेको चिसो तथा स्वास्थ्य सेवालाई सजिलै बिपन्न परिवारको पहुचमा पुर्याउने उदेश्यले शिविर संचालन गरिएको गणपति तिवारीले बताउनु भयो । निशुल्क शिविरमा महिला १ सय ५७ जना, पुरुष १ सय २१ जना, बालबालिका ३३ जना गरेर जम्मा ३ सय ११ जनाले स्वास्थ्य जाचँ गराएको उहाँको भनाई छ । शिविरमा आएका बिरामलिाई ५०÷५५ थरि औषधी समेत निशुल्क वितरण गरिएको थियो ।
शिविर संचालनमा बरहथवा नगरपालिको कार्यलय, जिल्ला जनस्वास्थ्य कार्यलय मलंगवा र मलंगवा स्थित ब्रम्हभुमी हेल्थकेयर एण्ड रिसर्च सेन्टर लगाएतको सहयोग रहेको थियो ।