सरिता सापकोटा पुस ५ हरिहरपुरगढी गाउँपालिकाका नागरीकले गाउँपालिकाबाटै नागरिकता पाएका छन् । सिन्धुलीको झनझनेमा रहेको गाउँपालिकाको कार्यलयले नागरीकको सुविधालाई मध्यनजर गर्दै कार्यलयबाट नागरिकता वितरण गरेको हो ।
जिल्ला प्रशासन कार्यलय सिन्धुली संगको सहकार्यबाट स्थानीयबासीलाई सुविधा पुर्याउने उध्यश्यले गाउँपालिका कार्यलयमा तिनदिन सम्म टोली राखेर नागरिकता प्रदान गरिएको गाउँपालिका प्रमुख कार्साङ लामाले जानकारी दिनुभयो । हरिहरपुरगढी गाउँपालिकाका नागरीकलाई नागरिकता लगाएतको काम गराउन २ दिन खर्चिएर सदरमुकाम जानुपर्ने बाध्यता रहेको थियो ।
सोही समयमा गाउँपालिका कार्यलयले आयोजना गरेको निशुल्क शिविरमा २ सय ५० बढिले स्वास्थ्य जाचँ गराएको गाउँपालिका प्रमुख लामामो भनाई छ । जिल्ला जनस्वास्थ्य कार्यलय सिन्धुलीको प्रविधिक सहयोग तथा गाउँपालिकाको ब्यवस्थापनमा शिविर संचालन गरेको हो ।
यसैविच सोही टोली मार्फत २ सय ५० जना उमेर पुगेका गाउँपालिकाका नागरीकले फोटो सहितको मतदाता परिचय पत्रकोलागी फोटो खिचाएका छन् । नागरीकता लगाएतको कामकोलागी जिल्ला सदरमुकाम धाउदै आएका स्थानीय गाउँपालिकामानै सेवा पाउदा दंगपरेका छन् ।