सरिता सापकोटा पुस ४ कृयटिभ युथ क्लवको आर्थिक सहयोगमा एक बिद्यालयलाई शैक्षिक स्टेस्नरी सामग्री हस्तान्तरण गरिएको छ ।
आज एक औपचारिक कार्यक्रमका विच सर्लाहीको बागमती नगरपालिका–२ स्थित धरहरामा रहेको जनवाल कल्याण माध्यामीक बिद्यालयलाई क्लवले ८५ हजार मुल्य बराबरको सहयोग हस्तान्तरण गरेको हो । क्लवमा आवद्ध युवाहरुको समुहले संकलन गरको ८५ हजार बराबरको डिजिटल शैक्षिक सामाग्री प्रोजेक्टर सहित फुटवल, चेस, क्यारीमबोड, टेवलटेनिस, ५ वटा कुर्सी लगाएतका सामग्री हस्तान्तरण गरिएको क्लवका अध्यक्ष ओम बहादुर कार्कीले बताउनु भयो ।
क्लवले बिद्यालयको एउटा कोठामा आफ्नै लगानीम कार्पोटिङ गरेको छ । क्लवले बालबालिकाको पठन पाठनमा सहयोग पुर्याउने उध्यश्य रहेको जनाएको छ । बागमती नगरपालिका प्रमुख भरत कुमार थापाको प्रमुख आतिथ्यता तथा बिध्यालय ब्यवस्थापन समिति अध्यक्ष टंक बहादुर बोहराकोे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा डाँचाराज वाग्ले विशिष्ठ अतिथि, नेपाल शिक्षक महासंघ नगर अध्यक्ष लोकनाथ दाहाल, कमल बुढाथोकी, अन्जु पौडेल लगाएत अतिथि रहनुभएको संस्थाका अध्यक्ष कार्कीले बताउनु भयो । कार्यक्रममा बिध्यार्थी तथा अभिभावकको समेत सहभागिता रहेको थियो ।
यसैविच नगरप्रमुख थापा, निर्वाचित जनप्रतिनिधि, बिध्यालय ब्यवस्थापन समिति, अभिभावक, शिक्षक शिक्षिका र बिध्यार्थी सहितको उपस्थितीमा बिद्यालयको तत्कालीन समस्या र समाधानको विषयमा अन्तरकृया समेत सम्पन्न भएको छ । अन्तरकृयाका अधिकांस बक्ताहरुले बिध्यालयको समस्या समाधानमा सबन्धित सम्पुर्ण पक्ष सकृय हुनुपर्नेमा जोडदिएका छन् ।
विध्यालयलाई यूवा समुहको शैक्षिक सामाग्री सहयोग
