सरिता सापकोटा सर्लाही पुस २ जिल्लामा छुट्टा छ्टै घटनामापरी २ जनाको ज्यान गएको छ, भने एकजना गभि.र घाईते भएका छन् ।
सर्लाहीको बागमती नगरपालिका–८ स्थित सक्रोल टोलमा ट्रयाकटरको ठक्करबाट पैदल यात्रीको ज्यान गएको छ । ज्यान जानेमा सर्लाहीको बरहथवा नगरपालिका ९ रबिचोक निवासी ८२ बर्षका हर्क बहादुर सार्कीको उपचारको क्रममा ज्यान गएको ईलाका प्रहरी कार्यलय बरहथवाले जनाएको हो ।
बृद्ध सार्कीलाई बरहथवा तर्फ जादै गरेको ना ६ त ९८४५ नम्बरको ट्रयाकटरले ठक्कर दिएको थियो । प्रहरीले ठक्कर दिने ट्रयाकटर र चालकलाई नियन्त्रणमा लिएको छ ।
यसैविच म्याजिक भ्यानको ठक्करबाट सर्लाहीको हरिवन नगरपालिका ८ स्थित नारायणटोलमा बस्ने ८० बर्षीया भिम कुमारी कार्की गंभिर घाईते हुनु भएको छ ।
हरिवन नगरपालिका स्थित भित्री सडक खण्ड अन्तरगत पटौनाबाट नारायणटोल आउदै गरेको अल्फाबेट नखुलेको ५७७६ नम्बरको म्याजिक भ्यानले कार्कीलाई ठक्कर दिएको हो । घाईते कार्कीको हरिवनमा सामान्य उपचार पछि थप उपचारको लागी काठमाण्डौ पठाईएको प्रहरीले जनाएको छ ।
घाईते कार्कीको अवस्था गंभिर रहेको प्रहरीले जनाएको छ । प्रहरीले ठक्कर दिने म्याजिक भ्यान र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।
यस्तै सर्लाहीको बिष्णु गाउँपालिका–५ पकडी टोलमा ईट्टा भट्टामा कामगर्ने मजदुरको लडेर मृत्यु ज्यान गएको छ ।
सोही स्थानका प्रमोद चौधरीको नयाँ बन्दै गरेको हिरो ईट्टा उद्योगको चिम्नी निर्माण गर्ने क्रममा लडेर भारतको सितामढी थाना सोनवर्षा ग्राम पन्चायत गुरगुराबेलाटोल बस्ने ५० बर्षका श्याम सुन्दर ठाकुरको मृत्यु भएको प्रहरीको भनाई छ । झण्डौ २० मिटर माथिबाट खसेका ठाकुरको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यलय सर्लाहीका डिएसपी बिश्वरान खड्काले जानकारी दिनुभयो ।