सरिता सापकोटा सर्लाही मंसिर २७ अनुदान बापतको रकम मागगर्दै मदरसा आरगनाइजेशन अफ नेपालले जिल्ला प्रशासन कार्यलयमा ज्ञापन पत्र बुझाएको छ ।
आरगनाइजेशनका २ नम्बर प्रदेश अध्यक्ष अली हुसैनको अध्यक्षतामा पुगेको टोलीले बिहिवार जिल्ला सदरमुकाम मलंगवा स्थित जिल्ला प्रशासन कार्यलयमा ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा प्रदेश कमिटि अध्यक्ष अली हुसैन र उपाध्यक्ष शेष मेहबुब रेजाले संयुक्त रुपमा हस्ताक्षर गर्नुभएको छ । उक्त ज्ञापन पत्रमा विगतको बर्षहरुमा जस्तै मदरसा संचालनका निमित्त प्राप्त हुदै आएको अनुदान बापतको रकम नियमित उपलब्द गराउन पहल गरिदिन आग्रह गरिएको हो ।
धार्मिक प्रकृतिका शिक्षा जस्तै मदरसा शिक्षालाई शिक्षाको मुलधारमा ल्याउने उद्देश्यले संचालनमा रहेका मदरसा शिक्षानै प्रभावित हुने अवस्था आएको उनिहरले जनाएका छन् । शिक्षामा सबैको पहुच तथा बालबालिकाको उज्वल भबिश्यलाई दृष्ठिगत गर्दै अनुदान रकमको लागी पहल गर्न जिल्ला प्रशासन कार्यलाई आग्रह गरीएको टोलीका सदस्यहरुले जनाएका छन् । जिल्लामा ९१ वटा मदरसा दर्ता रहेको आरगनाइजेशनका २ नम्बर प्रदेश उपाध्यक्ष रेजाकोे भनाई छ । मदरसामा ३ देखी ५ जना सम्म मौलानाहरु कार्यरत रहेको तथ्यांक छ ।
जिल्लाका २०६६ साल देखी मदरसाहरु दर्ता भई संचालन हुदै आएका छन् । यस पहिला जिल्ला शिक्षा कार्यलयबाट जिल्लामा संचालित सम्पुर्ण मदरसाहरुलाई एकमुष्ठ रुपमा अनुदान रकम प्राप्त हुदै आईरहेको थियोे । यस आर्थिक बर्ष देखी हालसम्मको अनुदान प्राप्त भएको छैन् भने पाउने नपाउनेमा समेत अन्योल सृजना भएको छ ।