सरिता सापकोटा सर्लाही कात्तिक २६-पवित्र पर्व छठको अवसरमा पद्धम भुवनेश्वरी बृद्ध सेवा आश्रमका बृद्ध बृद्धालाई न्यानो कपडा तथा खाध्यन वितरण गरेकोे छ । न्यानो कपडा पाएका आश्रमका बृद्ध बृद्धा दंगपरेका छन् ।
सर्लाहीको लालबन्दी नगरपालिका–२ स्थित जुटपानिमा रहेको पद्धम भुवनेश्वरी बृद्धा आश्रमका बृद्ध बृद्धालाई सोमवार गन्तब्य सहकारी संस्था लिमिटेडले न्यानो कपडा वितरण गरेको हो । काठमाण्डौको न्युरोडमा रहेको गन्तब्य सहकारी संस्थाले आश्रमका ४५ जना आश्रित बालबालिका तथा बृद्ध बृद्धालाई न्यानो कपडा ज्याकेट, मोजा, पंजा, टोपी तथा खाध्यन जुस, चाउचाउ, बिस्किट वितरण गरेको छ ।
सर्लाहीको हरिवन–११ घर भै हाल काठमाण्डौमा सहकारी संस्था संचालन गर्दै आएका सहकारीका प्रबन्ध निर्देशक कृष्णजंग थापाको नेतृत्वमा आश्रम पुगेका यूवासमुहले सहयोग हस्तान्तरण गरेको आश्रमकी ब्यवस्थापक भवानी कोईरालाले बताउनुभयो । वितरण कार्यक्रममा बोल्दै सहकारीका प्रवन्ध निर्देशक थापाले आगामी दिनमा आश्रमलाई आवश्यक सक्दो सहयोग गर्न समेत आफुहरु तयार रहेकोे प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको छ ।
‘आश्रममै आएर सहयोग गर्नपाउदा खुसी लागेको छ’ । उन्ले भने, ‘आगामी दिनमा पनि यस आश्रम तथा आश्रममा आश्रीत बा आमाहरुको सेवामा केही गर्न पाहियोस्’ ।
पछिल्लो समय समाज तथा सामाजिक कामबाट युवापुस्ता टाडाहुदै गएको भन्दै सामाजिक उत्तरदायित्व बहनगर्न अगाडी सरेका युवापुस्ता देख्दा गर्वले छाती फुलेको संस्थाका संस्थापक समाजसेवी बासुदेवसरण कोइरालाले बताउनुभयो । कार्यक्रममा सहकारी संस्थाका सदस्य सुमित वली ब्यवस्थापनमा सहयोग गर्ने यूवराज भण्डारी, लगाएत युवाको उपस्थिती रहेको थियो ।
हाल उक्त बृद्धा आश्रममा ६ जना बालबालिका सहित ४५ जनाले आश्रय लिरहेका आश्रमकी ब्यवस्थापक कोईरालाको भनाई छ । पछिलो समय सहयोगी हात बढेकोले संस्था संचालनमा केही सहज भएको ब्यवस्थापक कोईरालाको अनुभव छ । सर्लाही तथा आसपासका जिल्लाबाट समेत आफ्नो जन्मदिन, आफन्तको पुन्यतिथि तथा विभिन्न उत्सव मनाउन आश्रममा आउने बढ्दै गएका छन् ।