सर्लाही-सर्लाहीमा दुई छुट्टा छुटै घटनामा एकको करेन्ट लागेर मृत्यु भएको छ, भने एक जना घाईते भएका छ ।
सदरमुकाम मलंगवामा तिहारकोलागी झिलिमिलि बत्ती राख्ने क्रममा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मलंगवा नगरपालिका–१० बस्ने रामेश्वर साहका ७ बर्षीय छोरा निसान्त कुमार साह रहेको प्रहरीले जनाएको छ ।
करेन्टको झड्कालागेर घरको छतबाट खसेका साहको उपचारको लागी जिल्ला अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।
यस्तै सर्लाहीको लालबन्दी नगरपालिकामा पनि झिलिमिलि बत्ती राख्ने क्रममा होटलको छतबाट लडेर एक किशोर घाईते भएका छन् । घाईते हुनेमा लालबन्दी नगरपालिका–७ जनवादी चोकमा बस्ने कुमार बिकका छोरा बर्ष १७ का पुसल बिक रहेको ईलाका प्रहरी कार्यलय लालबन्दीले जनाएको छ ।
लालबन्दी स्थित यूनाईटेड होटलमा कामगर्ने विक होटलमा झिलिमिलि बत्ती फिट गर्ने क्रममा होटलको छतबाट लडेको प्रहरीले जनाएको छ । लडेर हात भाचिएको बिकको लालबन्दी स्थित मोडेल अस्पतालमा उपचार भैरहेकोे छ ।